कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

हिमाल प्रेस १४ मंसिर २०७९ ८:३० | Wednesday, November 30, 2022
कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

बेइजिङ- चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध दुर्लभ विरोध प्रदर्शनपछि ‘शत्रु शक्ति’माथि दमन गर्न आह्वान गरेको छ।

कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा सुरक्षाकर्मीको भीड बढेको छ। चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ।
कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहन्तमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उनीहरूले चीनका राष्ट्रपति सी चिनपिङको राजीनामा समेत मागेका थिए।

देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन्। चीनमा पछिल्ला दिनमा ठूलो संख्यामा कोभिड संक्रमित देखिएका छन्। पछिल्लो समयमा यहाँ दैनिक संक्रमितको संख्या ४० हजार नाघेको छ।

प्रकाशित: १४ मंसिर २०७९ ८:३० | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast