कासाले सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने

हिमाल प्रेस ११ मंसिर २०७९ १५:०८ | Sunday, November 27, 2022
कासाले सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने

काठमाडौँ– कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ।

आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन्। यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाइमा पर्ने ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ।

‘द एभरेष्ट शो’मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए। वार्षिकोत्सवकै अवसरमा ‘कासा’ ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना गर्‍यो।

कासाले यस पटक वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो। रेड कार्पेट इभेन्ट नेपालमा पहिलो पटक आयोजना भएको सञ्चालक गुप्ताले बताए।

कार्यक्रममा महत्त्वपूर्ण व्यक्तित्वहरू बीबीसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप आर्टिष्टसहित चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कासाकी सञ्चालिका रमिला नेमकुल भनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं। फेसन ग्लामर मात्रै होइन्। यो विजनेश पनि हो। फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग पनि हो। तर नेपालमा यस उद्योगको खासै विकास हुन् नसकेको अवस्थामा हामीले ‘काठमाडौं फ्यासन गाला’ आयोजना गरेका हौं।’

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटी तथा मिस नेपाल वर्ल्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले ‘वाक’ गरेका थिए। कार्यक्रमको प्रायोजक दराज र बावर्ची हुन्।

चार वर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ। ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने नयाँ आउटलेट दरबारमार्ग र गैरीधारामा पनि सञ्चालनमा छ।

प्रकाशित: ११ मंसिर २०७९ १५:०८ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast