कानुनी रूपमा छुट्टिए किम र कान्ये

हिमाल प्रेस १४ मंसिर २०७९ १६:४७ | Wednesday, November 30, 2022
कानुनी रूपमा छुट्टिए किम र कान्ये

काठमाडौँ- अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दसियन आफ्ना पति कान्ये वेस्टबाट कानुनी रूपले अलग्गिएकी छन्। छिट्टै उनीहरूको सम्बन्ध विच्छेद हुने भएको छ।

अदालतबाहिर दुवैले केही सर्तसहित सम्झौता गरेका छन्। बिहेको सात वर्षपछि सन् २०२१ मा किमले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन्।

त्यतिमात्र नभई उनले लस एन्जलस सुपिरियर कोर्टमा आफ्नो वैवाहिक स्थितिमा ‘सिंगल’ लेख्न पाउने निवेदनसमेत दिएकी थिइन्। अदालतले उनको पक्षमा निर्णय गरेको थियो।

तर सम्पत्ति र बच्चाहरूको पालनपोषणमा कुरा अडकिएको थियो। जसका लागि अदालतमा सुनवाइ चल्यो। आगामी डिसेम्बर १४ मा उनीहरूको मुद्दाका सुनवाइ हुने थियो।

तर अब त्यो सुनवाइ नहुन सक्छ। किनकि किम र कान्येले अदालतबाहिर केही सर्तसहित सम्झौता गरेका छन्।

सन् २०१४ मा किम र कान्येको बिहे भएको थियो। उनीहरूबीच खटपट भइरहेको समाचार बेलाबेलामा बाहिरिन्थे। तर उनीहरूले आफ्नो सम्बन्ध चिस्सिएको सार्वजनिक रूपमा स्वीकार गरेका थिएनन्।

छुट्टाछुट्टै बस्न थालेपछि उनीहरूको सम्बन्धमा चिसो पसेको पुष्टि भयो। किम आफ्ना चार सन्तानसँग बस्छिन् भने कान्ये छुट्टै बस्छन्।

प्रकाशित: १४ मंसिर २०७९ १६:४७ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast