काठमाडौँ २ बाट स्वतन्त्र पार्टीकी सोविता निर्वाचित, ओनसरी चौथो

हिमाल प्रेस ७ मंसिर २०७९ ७:१२ | Wednesday, November 23, 2022
काठमाडौँ २ बाट स्वतन्त्र पार्टीकी सोविता निर्वाचित, ओनसरी चौथो

काठमाडौँ- प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ। बुधबार बिहान सम्पन्न काठमाडौँको २ नम्बर क्षेत्रको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन्।

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार २२९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४४९ मत पाएकी छन्। पूर्वसभामुख घर्ती यो क्षेत्रमा चौथो भएकी छन्।

प्रकाशित: ७ मंसिर २०७९ ७:१२ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast