कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सम्झौता

हिमाल प्रेस १४ मंसिर २०७९ १२:४६ | Wednesday, November 30, 2022
कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सम्झौता

काठमाडौँ- नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुने विभिन्न खालका फोहोरको व्यवस्थापनका लागि सम्झौता भएको छ। यसअनुसार डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राइ पुनः प्रयोग गर्ने, कुहिने, नकुहिने फोहोर छुट्याउने र अन्य फोहोरको दिगो व्यवस्थापन गर्नेछ।

पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा गर्नेछ। काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राइ पुनः प्रयोग योग्य बनाउने, डिस्पोजको कार्यलाई वातावरणमैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी रुख बचाऊ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ।

त्यसैगरी बैंकका कर्मचारी तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ। सम्झौतामा डोकोले बैंकको हाताभित्रै गएर काम नलाग्ने कागजात श्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरिएको छ। यस सम्झौताले बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई टेवा पुग्ने बताइएको छ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको हो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ। नबिल बैंकका देशभरि २३३ शाखा र २६९ एटीएम काउन्टर छन्।

प्रकाशित: १४ मंसिर २०७९ १२:४६ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast