लमजुङ- नेपाली कांग्रेस बीपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ।
कांग्रेसले आफ्नो मूल्य र मान्यताविपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै कांग्रेस बीपीले गठबन्धमा सहभागी नभएको बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी स्पष्ट पारेको हो।
कांग्रेस बीपीबाट उम्मेवार बनेपनि व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी निस्क्रिय गरेको दाबी गरिएको छ। करुवा चिह्न उमेदवारी कायम रहेको बीपी कांग्रेसले जनाएको छ।
कांग्रेस बीपीका अध्यक्ष तेजनारायण अधिकारीले आमनिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरी कांग्रेस बीपीको करुवा चिह्नमा छाप लगाएर सत्य र न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे।
प्रकाशित: १ मंसिर २०७९ ११:४५ | Thursday, November 17, 2022
प्रतिक्रिया





