एससीटी र एभरेष्ट बैंकबीच डिजिटल भुक्तानी सम्झौता

हिमाल प्रेस १३ मंसिर २०७९ १५:३५ | Tuesday, November 29, 2022
एससीटी र एभरेष्ट बैंकबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ। सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका छन्।

यसअनुसार एभरेष्ट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ‘इबीएल टच २४’मार्फत स्मार्ट क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्ने भएका छन्।

२० वर्षदेखि बैंकका कार्डलगायतको सेवा दिँदै आएको एससीटीले पछिल्ला दिनमा क्यूआर भुक्तानीमा जोड दिएको छ। यसको लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यलाई अगाडि बढाइरहेको छ।

प्रकाशित: १३ मंसिर २०७९ १५:३५ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast