‘उचाइ’का कलाकारलाई सम्मान गर्ने तयारी

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:११ | Wednesday, November 16, 2022
‘उचाइ’का कलाकारलाई सम्मान गर्ने तयारी

काठमाडौँ- चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच छलफल भएको छ।

आज (बुधबार) पर्यटन बोर्डमा भएको छलफलमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीच छलफल भएको हो। छलफलमा वितरक, निर्माता र चलचित्र विकास बोर्डका सल्लाहकारको पनि उपस्थिति  थियो।

विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्ने उद्देश्यले निर्माण कम्पनीसँग नेपाल चलचित्र बोर्ड र नेपाल पर्यटन बोर्डले सीधै सम्बन्ध राख्ने जनाइएको छ। सँगै फिल्म छायांकनमा कुनै समस्या आए त्यसलाई समाधान गर्न दुवै बोर्डले पहल गर्ने पनि सहमति भएको छ।

नेपालमा छायांकन भएको हिन्दी चलचित्र ‘उचाइ’ले भारतमा मात्र नभई यहाँ पनि राम्रो कारोबार गरिरहेको छ। चलचित्रका कलाकारलाई सम्मान गर्ने योजना पर्यटन बोर्डले बनाएको छ।

बोर्डका अनुसार देशको पर्यटन प्रवर्द्धनमा चलचित्रले ठूलो भूमिका निर्वाह गरेको हुन्छ। छलफलमा विदेशी चलचित्रलाई नेपालमा छायांकनका लागि लोभ्याउन र नेपाली चलचित्रलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्ड र पर्यटन बोर्डबीच दीर्घकालीन सहकार्य हुन जरुरी रहेकोमा जोड दिइएको थियो।

प्रकाशित: ३० कार्तिक २०७९ ४:११ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast