 
                             
                                            काठमाडौँ– आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक नेपालमा पनि सञ्चालन भएको छ।
मंसिर १३ गतेबाट सुरु भएको साइबर विकमा ग्राहकले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामान खरिद गर्न सक्नेछन्।
यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत वा बढीमा एक हजार छुट पनि पाउने कम्पनीले जनाएको छ। यो अफर र छुट बिग डिजिटलको स्टोरका सामग्रीमा मात्रै लागू हुने जनाइएको छ।
                            प्रकाशित: १४ मंसिर  २०७९ १६:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 