‘अवतार’को पहिलो सो मध्यरात १२ बजे

हिमाल प्रेस ६ मंसिर २०७९ १४:०७ | Tuesday, November 22, 2022
‘अवतार’को पहिलो सो मध्यरात १२ बजे

काठमाडौँ- बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ आगामी डिसेम्बर १६ मा प्रदर्शनमा आउनेछ।

जेम्स क्यामरुनको निर्देशनमा बनेको फिल्म ‘अवतार’को दोस्रो भाग विभिन्न भाषामा सार्वजनिक हुनेछ। फिल्म भारतमा इंग्लिस, हिन्दीबाहेक तमिल, तेलुु, कन्नड, मलयालम भाषामा रिलिज हुनेछ।

भारतमा फिल्मका लागि टिकट बुकिङ खुला भइसकेको छ। बुकिङ खुल्नेबित्तिकै ट्वीटरमा ‘अवतार द वे अफ वाटर’ ट्रेन्ड गरिरहेको छ। फिल्मको ट्रेलर र पोस्टर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भारतका केही सिनेमाघरमा त फिल्मका सो चौबीसै घण्टा चल्नेछन्। फिल्मको पहिलो सो १६ डिसेम्बर मध्यरात १२ बजे सुरु हुने भारतीय सञ्चारमाले जनाएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १४:०७ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast