अब मंकीपक्सलाई एमपक्स भन्नू : डब्लूएचओ

हिमाल प्रेस १३ मंसिर २०७९ १४:०० | Tuesday, November 29, 2022
अब मंकीपक्सलाई एमपक्स भन्नू : डब्लूएचओ

बैतडी- मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमबार घोषणा गर्‍यो। विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन गर्न लागेको हो।

सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै जनावर र प्रायः मुसाहरूमा पाइन्छ।

लामो समयदेखि महामारी भएको अफ्रिकी देशबाहिर समलिंगी पुरुषमा मेको शुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको रिपोर्ट गरिएको छ।

‘यो वर्षको सुरुमा मंकीपक्सको प्रकोप फैलिएपछि अनलाइनमा, अन्य सेटिङहरूमा र केही समुदायहरूमा जातीय र कलंकित भाषा देखियो र डब्लूएचओलाई रिपोर्ट गरियो’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक विज्ञप्तिमा भन्यो।

यो रोग पहिलो पटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानिसमा फेला परेको थियो।

प्रकाशित: १३ मंसिर २०७९ १४:०० | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast