हुस्सुले छेकेको र पानीमा नुहाएको ग्रेटवाल [भिडियो]

अजय अलौकिक ५ असार २०७९ ५:५०

बेइजिङ-  चीन संस्कृति तथा सम्पदाले सम्पन्न देश हो। सबैलाई थाहै छ, यहाँ आश्चर्यलाग्दो मानवनिर्मित सम्पदा ग्रेटवाल छ। ग्रेटवाल प्राचीन मानव सभ्यताको प्रतीक हो। विभिन्न वंशकालमा निर्माण गरिएको ग्रेटवाल बोहाई समुद्रदेखि चीनको उत्तर पश्चिम क्षेत्रसम्म फैलिएको छ।

सन् २०१२ मा चीनको राष्ट्रिय सांस्कृतिक पुरातात्त्विक विभागले सार्वजनिक गरेअनुसार ग्रेटवालको कुल लम्बाइ २१ हजार एक सय ९६.१८ किलोमिटर छ। मानवनिर्मित संसारकै लामो पर्खाल ग्रेटवालको विभिन्न ठाउँबाट आरोहण तथा अवलोकन गर्न सकिन्छ तापनि बेइजिङ एउटा उत्तम छनोट हो।

बेइजिङमा समेत ६,७ वटा ठाउँबाट यसको आरोहण गर्न सकिन्छ। तपाईँ बेइजिङ आउनुभएको छ भने अवश्य ग्रेटवाल चढ्नुभएको होला। पातालिङ (बाडालिङ) खण्डको ग्रेटवाल भने पर्यटकको रोजाइमा पर्ने गर्दछ। ठूलो, फराकिलो तथा कम ठाडो र खुड्किलो चढ्न सजिलो भएकाले पनि सबैले मन पराएका हुन्।

चुयोङक्वान ग्रेटवाल बेइजिङको केन्द्र भागबाट करिब ६० किलोमिटर टाढा छ। यो बेइजिङबाट सबैभन्दा नजिकको ग्रेटवाल खण्ड उत्तरी जिल्ला छाङफिङमा अवस्थित छ। यो ग्रेटवाल पहिलो पटक वसन्त र शरद ऋतु अवधि (इसा पूर्व ७७०-४७६) र युद्धरत राज्य अवधि (४७६-२२१) मा यान राज्यद्वारा एक किल्लाका रूपमा निर्माण गरिएको थियो।

चीनमा एउटा उखान पनि छ –  ग्रेटवाल नचढेको मानिस बहादुर होइन। खासमा यो भनाइ चीनका सर्वोच्च नेता माओत्सेतुङको हो।

दक्षिणी र उत्तरी राजवंश (३८६-५८९) मा चीनको ग्रेटवालसँग जोडिएको थियो। यसबाहेक मिङ राजवंशका प्रथम सम्राट चु युआनचाङ (१३६८-१६४४) ले उत्तरी सिमानालाई मंगोल आक्रमणबाट जोगाउन पुन:निर्माण गर्न आदेश दिएका थिए।

त्यसपछि यसको समयसमयमा मर्मत तथा जीर्णोद्धार हुँदै आइरहेको छ। ग्रेटवाल पूर्व र पश्चिममा अवस्थित पहाडमा छ र दुई पहाडलाई विशाल दुई हातले घेरेको जस्तो देखिन्छ।

ग्रेटवालमा गढ, किल्लाबाहेक विभिन्न टावर तथा भवन  पनि देख्न सकिन्छ। संगमरमरको क्लाउड प्लेटफर्म भनिने एउटा भवन निकै आकर्षक पनि छ, जहाँ रञ्जना लिपिका अक्षरसमेत देख्न पाइन्छ। आगोले नष्ट हुनुअघि चैत्य या ठूलो टावर रहेको इतिहासविद्को भनाइ छ।

विदेशी पर्यटकका लागि ग्रेटवाल चढ्ने कुरा गौरवको विषय हो। यसबाहेक चीनमा एउटा उखान पनि छ –  ग्रेटवाल नचढेको मानिस बहादुर होइन। खासमा यो भनाइ चीनका सर्वोच्च नेता माओत्सेतुङको हो।

प्रकाशित: ५ असार २०७९ ५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =