 २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएपछि काठमाडौँमा खुसीयाली मनाउँदै युवा। तस्बिर : दिपेश श्रेष्ठ
                             २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएपछि काठमाडौँमा खुसीयाली मनाउँदै युवा। तस्बिर : दिपेश श्रेष्ठ
                                            मैले पछिल्लो ९ वर्ष गिरिजाप्रसाद कोइरालाको निकै समिप रहेर काम गरेँ। २०५८ को होलेरी काण्डपछि झन् नजिक भएँ। होलेरी काण्ड हुँदा गिरिजाबाबुकै क्याबिनेटमा उद्योग, वाणिज्य राज्यमन्त्री थिएँ। राज्यमन्त्री भए पनि मन्त्रालय मेरै नेतृत्व भएकाले क्याबिनेट जान पाउने हैसियत थियो। यसले निकटता बढ्यो।
गिरिजाबाबु भन्नुहुन्थ्यो- ‘होलेरी काण्ड दरबारको षड्यन्त्र हो। प्रजातन्त्रविरुद्ध दरबारले माओवादीसँग मिलेर गरेको षड्यन्त्र।’ त्यसको केही दिनपछि गिरिजाबाबुले राजा ज्ञानेन्द्रसँग नियमित भेटका क्रममा भएको एउटा वार्तालाप सुनाउनुभयो।
दरबारबाट फर्किंदा गिरिजाबाबुको मुहार आक्रोशित थियो। राजाले उहाँलाई ‘मुलुकमा हत्याहिंसा व्याप्त छ, भ्रष्टाचार मौलाएको छ, जनतामा तपाईंको क्रेडिबिलिटी छैन, तपाईंले राजीनामा दिनुपर्दैन?’ भनेर प्रश्न गरेछन्।
गिरिजाबाबुले कडा जवाफ दिनुभएछ- ‘जनतामा मौसुफ सरकारको पनि क्रेडिबिलिटी छैन, लेट किङ (दिवंगत राजा) को हत्याको आरोप मौसुफ सरकारमाथि छ नि?
उहाँले यो कुरा बेडरुममै सुनाउनुभयो। गिरिजाबाबुले त्यही दिन गणतन्त्रमा जाने प्रण गर्नुभएको हो। निर्वाचित प्रधानमन्त्रीलाई अपमान गर्ने राजालाई अब बोक्नुहुन्न भने अठोट उहाँले त्यसै दिन गर्नुभयो।
प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो। त्यसको केही दिनमा गिरिजाबाबुले बोलाउनुभयो, महाराजगन्जको शशांक निवासमा। म पार्टीमा समन्वय विभाग प्रमुख थिएँ। उहाँले भन्नुभयो, ‘केही कार्यक्रम राख्नुस्। जिल्ला घुम्नुपर्छ।’
हामीले कैलाली, कञ्चनपुरबाट सुरु गरी देश दौडाहा कार्यक्रम बनायौं । कैलाली पार्टी कार्यालयमा कार्यक्रम थियो। गिरिजाबाबुले कार्यक्रम उद्घाटन नगर्दै एउटा दुःखद खबर आयो- पार्टीका सक्रिय सदस्य परशुराम चौधरीलाई माओवादीले कुटीकुटी मारे।
उहाँ खिन्न हुनुभयो। चौधरीजीको घरै गएर समवेदना दिन कस्सिनुभयो। सुरक्षा निकायले मानेन।
भोलिपल्ट कञ्चनपुरमा कार्यक्रम थियो। पार्टीका पुराना साथी मदन शास्त्रीलाई माओवादीले घाँटी सेरेर हत्या गरेको खबर आयो। कार्यक्रम हुँदाहुँदै पार्टी कार्यालय प्रांगणमा शव आइपुग्यो।
गिरिजाबाबुले त्यही दिनदेखि शान्ति र प्रजातन्त्रको एजेन्डा उठाउन थाल्नुभयो। यी दुई घटनाले उहाँ माओवादीलाई शान्तिपूर्ण राजनीतिमा नल्याई प्रजातन्त्र जोगाउन नसकिने ठहरमा पुग्नुभयो।
म केन्द्रीय सदस्य भएदेखि नै गिरिजाबाबुकहाँ नियमित जान्थेँ।प्रायः बिहान ६ बजेअघि नै पुगिसकेको हुन्थेँ। कहिलेकाहीँ ४ बजे नै पुग्थेँ।
माओवादीलाई शान्तियात्रामा ल्याउन सक्रिय भइसकेका गिरिजाबाबु संकटकाल लम्ब्याउन नहुने पक्षमा हुनुहुन्थ्यो।
गिरिजाबाबु माओवादीसँग सम्पर्क गरिरहनुभएको थियो। प्रधानमन्त्री शेरबहादुरले पनि गिरिजाबाबुको सक्रियताबारे थाहा पाइसकेका थिए। माओवादीलाई शान्तियात्रामा ल्याउन सक्रिय भइसकेका गिरिजाबाबु संकटकाल लम्ब्याउन नहुने पक्षमा हुनुहुन्थ्यो।
प्रधानमन्त्रीले संसद् विघटन गरे। मध्यावधि निर्वाचन घोषणा भयो। राजाले असोज १८ को कदम चाले। म पार्टी संगठन विभाग प्रमुख थिएँ। जताततै दीपावली थियो। पार्टीकै केही साथी राजाकै मौन समर्थन गर्दै थिए। शाही कदमविरुद्व गिरिजाबाबुले मुख खोल्नुपयो।
मंसिर १० गते वसन्तपुरमा शाही कदमविरुद्व नेविसंघले सभा राख्यो। गिरिजाबाबु प्रमुख वक्ता। पार्टीकै केही साथीले पाँच सय मान्छे पनि आउँदैनन् भनेर गिरिजाबाबुको कान फुके। पाँच सय नभएको भेलामा कसरी बोल्ने? उहाँ आत्तिनुभएछ।
११ बजे गिरिजाबाबुले फोन गर्नुभयो। ‘मान्छे थोरै छन् रे हो?’ उहाँले सोध्नुभयो। मैले ‘होइन आउनैपर्छ’ भनेँ।
उहाँ आउनुभयो। जुद्धशमसेरको सालिकसम्म मान्छे भरिएका थिए। सम्बोधनमा उहाँले प्रतिगामी राजासँग अन्तिम लडाइँ लड्ने उद्घोष गर्नुभयो। राजाले क्रमशः लोकबहादुर चन्द, सूर्यबहादुर थापा र देउवालाई प्रयोग गरे। गिरिजाबाबु सडकमै बस्नुभो।
राजाले माओवादी प्रयोग गरिरहेका छन् भन्ने प्रस्ट थियो। गिरिजाबाबु प्रजातान्त्रिक आन्दोलनमा माओवादीसँग सहकार्य गर्ने पक्षमा हुनुहुन्थ्यो।
चन्दको पालामा माओवादीले उच्चस्तरीय वार्ता टोली पठायो। त्यहीबेला माओवादी नेताहरू बाबुराम र महराजीसँग सम्पर्क थियो। राजाको निगाहामा बनेको थापा सरकारसँग पनि माओवादी वार्तामा लचकदार देखिएको थियो। राजाले माओवादी प्रयोग गरिरहेका छन् भन्ने प्रस्ट थियो। गिरिजाबाबु प्रजातान्त्रिक आन्दोलनमा माओवादीसँग सहकार्य गर्ने पक्षमा हुनुहुन्थ्यो।
२०६१ असारमा उहाँले म र नरहरिजीलाई हरिद्वार पठाउनुभयो। सिलगुढी हुँदै हरिद्वार पुग्यौं। शेखर कोइराला दिल्लीबाट आए। गिरिजाबाबुको माओवादीसँगको अघिल्ला भेटमा पनि शेखर थिए। माओवादीले भट्टराई र महरालाई खटायो।
हरिद्वारमा दुई दिन वार्ता गर्यौँ। गिरिजाबाबुले दिनुभएको बटमलाइन संसद पुनर्स्थापना, संविधानसभा घोषणा थियो। संसद् पुनर्स्थापना भएपछि संविधानसभा हुँदैन भन्ने डर माओवादीलाई रहेछ। गोलमेच सम्मेलन हुँदै राष्ट्रिय सरकार र संविधानसभामा जाने अडान लिनुभयो। कुरा मिलेन।
भोलिपल्ट अर्को प्रस्ताव राख्यौँ- सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रूपमा जनतामा। बाबुरामजी सहमत हुनुभयो। फर्किएर गिरिजाबाबुलाई ‘ब्रिफिङ’ गर्यौँ। मओवादीसँग एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्ने विश्वास भयो।
महाधिवेशन तयारीका लागि म वीरगन्जमै थिएँ। गिरिजाबाबुले माघ १६ गते काठमाडौँ बोलाउनुभयो, सिमरा हुँदै। ‘स्थिति राम्रो छैन, होसियार रहनू’ उहाँले भन्नुभयो। उहाँले माघ १९ को तयारीको छनक पाइसक्नुभएको रहेछ। म प्रतिगमनविरुद्ध आन्दोलनमा अग्रमोर्चामा थिएँ। फोनबाट भन्न उचित नठानेर बोलाउनुभएको रहेछ।
म भूमिगत हुँदै सिलगुढी पुगेँ। रामवरण, महन्थजीसँग सितामढीमा भेट भयो। शाही कदमविरुद्ध आन्दोलन चर्काउन राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी भारतलाई विश्वासमा लिनुपर्ने निचोडमा पुग्यौँ।
म माघ १८ मा झापा फर्किएँ। ‘माघ १९’ राजाको सम्बोधन आइरहेको थियो। गिरिजाबाबुको फोन आयो। सहयोगी बालकृष्ण दाहालले भने, ‘जसरी पनि उम्किन भन्नुभएको छ, पक्राउ नपर्नू।’
म भूमिगत हुँदै सिलगुढी पुगेँ। रामवरण, महन्थजीसँग सितामढीमा भेट भयो। शाही कदमविरुद्ध आन्दोलन चर्काउन राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी भारतलाई विश्वासमा लिनुपर्ने निचोडमा पुग्यौँ।
रामवरणजीले पाँच हजार रूपैयाँ दिनुभयो। म दिल्ली गएँ। त्यहीँ सात पार्टीको सम्पर्क कार्यालय खोल्यौँ। फेरि माओवादीसँग सम्पर्क बढाएँ।
मैले महरालाई टेलिफोन गरेँ। त्यति नै बेला म दिल्लीमा बिरामी परेँ। भोकल कर्डमा समस्या भएछ, झन्डै एक महिना स्वर खुलेन।
डाक्टर शेखरको सहयोगमा एम्स अस्पताल भर्ना भएँ। मेरी श्रीमती काठमाडौंबाट दिल्ली पुगिन्। एक महिनापछि काठमाडौं फर्किने बेला उनकै हातमा गिरिजाबाबुलाई चिठी पठाएँ। चिठीमा अन्तर्राष्ट्रिय समर्थन र माओवादीलाई पनि समेटेर राजाविरोधी मार्चा गठन गर्नुपर्ने उल्लेख गरेको थिएँ। उहाँले अघि बढ्नू भन्ने जवाफ पठाउनुभयो।

नेपाली कांग्रेस प्रजातान्त्रिकका उपसभापति गोपालमान श्रेष्ठ, एमाले महासचिव माधवकुमार नेपाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, जनमोर्चाका अध्यक्ष अमिक शेरचन र नेमकिपाका अधयक्ष नारायणमान बिजुक्छेसँग माओवादी अध्यक्ष प्रचण्ड। फाइल तस्बिर
२०६२ असारतिर गिरिजाबाबु उपचारका लागि दिल्ली आउनुभयो। खासमा माओवादीसँग भेटवार्ता थियो। मैले र शेखरजीले ‘एरेन्ज’ गरेका थियौं। माओवादीका तर्फबाट प्रचण्ड, बाबुराम र महराजी हुनुहुन्थ्यो। दिल्ली, नोयडामा भेट भयो।
कम्युनिस्टहरू एक वाक्य भन्न पृष्ठभूमिमा ५० वाक्य थप्छन्। गरिजाबाबु एक वाक्यमा भन्नुपर्ने कुरा आधामै सकिदिने स्वभावको। प्रचण्डसँगको भेटमा पनि त्यस्तै भयो।
वार्तामा प्रचण्डले लामो बोल्नुभयो। कम्युनिस्टहरू एक वाक्य भन्न पृष्ठभूमिमा ५० वाक्य थप्छन्। गरिजाबाबु एक वाक्यमा भन्नुपर्ने कुरा आधामै सकिदिने स्वभावको। प्रचण्डसँगको भेटमा पनि त्यस्तै भयो।
सोझै तीन कुरा राख्नुभयो- ‘तपाईंहरू शान्तिपूर्ण राजनीति, प्रजातन्त्र र संसद पुनर्स्थापनामा आउने कि नआउने?’ प्रचण्डले संसद पुनर्स्थापनाबाट संविधानसभामा पुग्न गाह्रो हुने बताए।
गिरिजाबाबुले ‘संविधानसभा खोज्ने हो भने संसद चाहिन्छ, नत्र सम्भव छैन’ भन्नुभयो। ‘नत्र संविधानसभा घोषणा कसले गर्छ?’ उहाँको स्पष्ट अडान थियो, ‘राजाले दिएको संविधानसभा म मान्दिनँ।’ प्रचण्डल ‘अर्को चरणमा निर्णय गरौँ’ भन्नुभयो।
माओवादी सम्पर्कमै थियो। बाबुराम र महराजीसँग टेलिफोनमा कुरा भइरहन्थ्यो। २०६२ कात्तिकमा फेरि भेट्ने निधो भयो। भेट १२ बुँदे सम्झौताको जग थियो।
खासमा १२ बुँदे प्रचार गरिएजस्तो दिल्लीमा हस्ताक्षर भएको होइन। सात दलले काठमाडौँमा हस्ताक्षर गर्ने र त्यसको दुई घन्टापछि माओवादीले जहाँकहीँबाट गर्ने भन्ने सहमति भएको थियो।
कांग्रेसबाट गिरिजाबाबु, शेखर र म। एमालेबाट माधवजी र केपीजी। माओवादीबाट प्रचण्ड, बाबुराम र महराजी हुनुहुन्थ्यो। अरू पार्टीबाट पनि उच्च नेताहरू।
खासमा १२ बुँदे प्रचार गरिएजस्तो दिल्लीमा हस्ताक्षर भएको होइन। सात दलले काठमाडौँमा हस्ताक्षर गर्ने र त्यसको दुई घन्टापछि माओवादीले जहाँकहीँबाट गर्ने भन्ने सहमति भएको थियो। त्यसलाई अतिगोप्य राख्ने सहमति भयो।
हामी दिल्लीमै हुँदा काठमाडौंमा हल्ला चल्यो। गृहमन्त्री कमल थापाले ‘आतंककारीसँग वार्ता गर्ने पनि आतंककारी नै हुन्छु’ भनेर वक्तव्य दिए।
काठमाडौँ फर्किएपछि मंसिर ७ गते बिहान नौ बजेतिर गिरिजाबाबुकोमा नेताहरू जम्मा भए। हामी र माओवादीले हस्ताक्षर गरेपछिमात्र सार्वजनिक गर्ने योजना पहिल्यैको हो।

नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे काठमाडौंमा थिएनन्। उनले प्रेम सुवाल र सुनिल प्रजापतिलाई प्रतिनिधि बनाएका थिए। गिरिजाबाबुले पहिलो सही गर्नुभयो। त्यसपछि माधवजी, अमिक शेरचन, भरतविमल यादवलगायतले गर्नुभयो।
असोज १८ पछिको सबै आन्दोलनमा गिरिजाबाबुले भनेपछि नारायणमान र अमिकजीले आँखा चिम्लेर सही गरेको म देखिरहेको छु। उहाँहरूमा कहिल्यै दुविधा र शंका देखिएन।
कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले बाह्र बुँदेमा सही गर्न मान्नुभएन। देउवालाई सोध्नुपर्छ भन्नुभयो। देउवा प्रहरी तालिम केन्द्र महाराजगन्जमा थुनामा हुनुहुन्थ्यो।
म, माधवजी र गोपालमानजी १० बजे भेट्न गयौँ। सुरक्षाकर्मीको आँखा छल्दै हामीले देउवालाई सम्झौतापत्र देखायौँ। जम्मा एकप्रति मात्रै थियो। सुरक्षाकर्मीले देखेको भए खोस्थ्यो। माओवादी र गिरिजाबाबुमाथि विश्वासघात गरेजस्तो हुन्छ भन्ने मलाई डर थियो।
देउवाले पनि त्यसमा हस्ताक्षर गर्न मान्नुभएन। एक वचन नसोधी यत्रो कुरा गर्ने भनेर गनगन गर्नुभयो। हस्ताक्षर गर्ने/नगर्ने स्पष्ट केही भन्नुभएन।
सिभिल ड्रेसका एकजना सुरक्षाकर्मीले हप्काए। माधवजीले प्रतिवाद गर्न खोज्दा झन् जंगिए। मैले माधवजीलाई आँखाले इसारा गरेँ। हामी बाहिरियौँ।
सिभिल ड्रेसका एकजना सुरक्षाकर्मीले हप्काए। माधवजीले प्रतिवाद गर्न खोज्दा झन् जंगिए। मैले माधवजीलाई आँखाले इसारा गरेँ। हामी बाहिरियौँ।
हामी गिरिजाबाबुकहाँ नै फर्किनुपर्ने माधवजीसँग आएको थिएँ। फर्कने बेला गोपालमानकै गाडीमा फर्किएँ। किनभने उहाँ नफर्किने डर थियो। शशांकको घरमा पुगिसकेपछि पनि उहाँ सही गर्न आनाकानी गरिरहनुभएको थियो।
मैले भनेँ, ‘सिटी फुकिसक्यो, अब रेल कुद्छ, चढ्ने र नचढ्ने तपाईंको इच्छा।’ गोपालमानले ‘मौलिक हक’ थप्न आग्रह गर्दै सही गर्न मान्नुभयो। त्यो शब्द थप्नु आवश्यकै थिएन, तर उहाँ काम देखाउन चाहनुहुथ्यो।
अनि बाह्रबुँदे सम्झौता सार्वजनिक भयो। गिरिजाबाबुले सबभन्दा विश्वास गरेका सुशील कोइरालालाई समेत यसको जानकारी थिएन। म पनि सुशील दाुको निकट थिएँ। ‘यति ठूलो घटना हुँदासमेत मलाई थाहा नदिने?’ भनेर उहाँ मसँग च्याँठिनुभयो।
दिल्लीमा सँगै रहेका शेखरलाई समेत सम्झौताको प्रति देखाएको थिइनँ। गिरिजाबाबुले नभन्नू भनेपछि म कसैलाई भन्दैनथेँ।
भोलिपल्ट पार्टीको बैठक भयो। माओवादी सेना र शाही सेना सुपरीवेक्षणमा राष्ट्रसंघलाई बोलाउने बुँदामा गिरिजाबाबुको व्यापक आलोचना भयो। बाह्र बुँदेका विरोधी साथीहरूले सेनालाई माओवादी लडाकुसरह दर्जा दिइएको भनेर गिरिजाबाबुको उछित्तो काढे।
गिरिजाबाबुलाई राजाको र माओवादी दुवैको बन्दुकमाथि विश्वास नभएकाले सेनालाई सीमित गरिएको हो। उहाँ भन्नुहुन्थ्यो, ‘बीपी र शेरबहादुरलाई थुन्ने राजाको यही सेना हैन? सेनाको बन्दुक हैन?’
राष्ट्रसंघको हतियार अनुगमन, निर्वाचन पर्यवेक्षण र मानवअधिकारको निगरानी निकै खुकुलो देखियो। तीन वर्ष लामो अनुभवले बाह्र बुँदेमा सामान्य कमजोरी भएछ कि जस्तो लाग्यो- मलाई पनि गिरिजाबाबुलाई पनि।
हामीले राष्ट्रसंघलाई क्यान्टोनमेन्ट अनुगमनको जिम्मा दियौँ।राष्ट्रसंघको हतियार अनुगमन, निर्वाचन पर्यवेक्षण र मानवअधिकारको निगरानी निकै खुकुलो देखियो। तीन वर्ष लामो अनुभवले बाह्र बुँदेमा सामान्य कमजोरी भएछ कि जस्तो लाग्यो- मलाई पनि गिरिजाबाबुलाई पनि।
बाह्रबुँदे भएको केही सातापछि गिरिजाबाबुले दिल्ली जान भन्नुभयो। भारत उड्दा प्रहरीलाई शंका हुने भएकाले विरानगरको टिकट लिएँ।
बोर्डिङ पास लिइसकेको थिएँ। म पक्राउ परेँ। बन्दी प्रत्यक्षीकरणको रिट दिएर छुटेँ। फेरि पक्राउ गरे। दिल्ली जानैपर्ने थियो। फेरि अदालतको आदेशले छुटेँ। अदालत परिसरबाट मानवअधिकारवादीहरूसँगै निस्किएँ।
प्रहरीको आँखा छलेर एकरात अन्यत्रै सुतेँ। भोलिपल्ट झिसमिसेमा हिँडेँ। बाइरोडको बाटो भएर रक्सौल पुगेँ। प्रहरीले नचिन्नेगरी गएको थिएँ।
महन्थजी पहिल्यै पुगिसक्नुभएको थियो। झलनाथ, वामदेव, प्रचण्डलगायत अरू नेता बसेर आन्दोलन कार्यक्रम तय गरियो।
हामीले माओवादीलाई भन्यौँ, ‘पटाकामात्र पनि पड्काउनभयो भने विश्वास टुट्नेछ।’ उनीहरूले वचन दिए।
चैत २४ देखि चार दिन शान्तिपूर्ण आमहडताल गर्ने निर्णय भयो। हामीले माओवादीलाई भन्यौँ, ‘पटाकामात्र पनि पड्काउनभयो भने विश्वास टुट्नेछ।’ उनीहरूले वचन दिए। यो दस्तावेज पनि सही गर्न काठमाडौँ ल्याइयो।
आमहडताल कार्यक्रममा समेत अरू दलका नेताले हस्ताक्षर गर्न मानेनन्। गिरिजाबाबुले नै पहिलो सही गर्नुभयो।
हामी दिल्लीबाट फर्कियौँ। आमहडताल सुरु भयो। माओवादीले आन्दोलनलाई भूमिगत रूपमा सहयोग गर्ने भन्ने थियो। राजाले वैशाख ८ गते एउटा वक्तव्य दिए। ‘ढिलो भइसक्यो, अब हुँदैन’, गिरिजाबाबुले भन्नुभयो, ‘पूर्ण लोकतन्त्र नभई मान्नेवाला छैनौँ।’
राजाले दबाउन सक्ने स्थिति थिएन। अरू ३/४ दिन आन्दोलन गर्ने र घुँडा टेकाएरै छाडिन्छ भन्ने विश्वास भयो।
आन्दोलन चर्किंदै थियो। ११ गते दरबारबाट प्रमुख स्वकीय सचिव पशुपतिभक्त महर्जन महाराजगन्जस्थित कोइराला निवास आए। उनी साँझ ७ बजे लुकिलुकी आएका थिए।
एउटा वक्तव्य ड्राफ्ट भयो। माधवजी पनि हुनुहुन्थ्यो। हामीले भन्यौँ, ‘एउटा कमा पनि तलमाथि भएको रहेछ भने जनता मान्नेवाला छैनन्।’ राजाले ‘सरेन्डर’ गरेको देखाउनु थियो।
जति राति भए पनि आजै राजाले सम्बोधन गर्नैपर्छ भन्ने सन्देश पठायौँ, पशुपतिभक्तमार्फत।
भोलि भए मानिँदैन भन्ने चेतावनी दिइयो। दरबार धेरै अत्तालिएको रहेछ। राति उनले फोन गरे, ‘वक्तव्यमा प्रतिनिधिसभाको बैठक बस्नेमात्र भन्ने छ, समय उल्लेख छैन, कति बजे राखौँ?’ पशुपतिले हामीले भनेअनुसार नै गरे।
गिरिजाबाबु संसद राजतन्त्रको अवशेषरहित होस् भन्ने चाहनुहुन्थ्यो। पटकपटक र त्यसपछि पनि मन्त्री भएका कांग्रेसकै एक साथीले संसद्मा ‘आसन र राजदण्ड हटाए रक्तपात मच्चिन्छ’ भने।
लामो छलफलपछि राजदण्डलाई सलाम गरेर संसद् सुरु गर्ने परम्परा तोडियो। जेठ ४ गते प्रतिनिधिसभा घोषणाको दिन थियो। गृहमन्त्रीका रूपमा मस्यौदामा संलग्न थिएँ।
९ बजे बालुवाटारबाट निस्केको मात्र थिएँ, मोबाइल बज्यो। गिरिजाबाबुले डाक्नुभयो। फर्कँदा तीन चारवटा सेनाका गाडी देखें। मन्त्रिपरिषद् बैठक बस्ने कोठामा छिरेँ।
अर्थमन्त्री महत र सेनापति प्यारजंग थापा थिए। गिरिजाबाबुले ‘प्रधानसेनापति के भन्नुहुन्छ, सुन्नुस् त’ भनेर उनलाई बोल्न इसारा गर्नुभयो। थापाले ‘घोषणा रोक्नुपयो’ भने। महाराजधिराजसँग समन्वय, समझदारी गरेर गर्नुपर्थ्यो भन्ने उनको भनाइ थियो।
मैले कुरा बुझिहालेँ। गिरिजाबाबुलाई उनको कुरा चित्त नबुझेर मलाई डाक्नुभएको रहेछ। मेरो रगत खल्बलिएर अइहाल्यो। महाराजाधिराजको सन्देश ल्याउने तपाईँ को ? भनेर हकारेँ। चिफको राजासँग कसरी सीधा औपचारिक सम्पर्क भइरहेको छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेँ।
रामशरणजीले म र चिफ दुवैलाई सम्झाएजस्तो गर्नुभयो। त्यत्तिकैमा सेनाले संसद् घेरेको हल्ला चलिसकेको थियो। मलाई धेरै फोन आयो। मैले ‘होइन’ भन्ने जवाफ दिएँ। किन हल्ला चलेको थियो भन्ने सोधिखोजी गर्न जरुरी ठानिनँ।
गिरिजाबाबुले मलाई वार्ता टोली संयोजक तोक्नुभयो। माओवादी वार्ता टोली र हामीबीच एक चरण कुरा हुन्थ्यो। नेताहरूलाई सोधेरमात्र टुंग्याउनुपर्थ्यो। अलमल भइरहेको थियो।
गिरिजाबाबुले यसरी वार्ता अघि बढ्दैन, प्रचण्डलाई ल्याउनुस् भन्नुभयो। म, शेखर र महरा कास्कीको सिकलेस गयौँ। गार्ड पनि लगेको थिइनँ।
गिरिजाबाबु त्यही दिन भारत भ्रमणमा जाने कार्यक्रम भएकाले हेलिकप्टरबाट भुइँमा नओर्ली काठमाडौं फर्किएँ।
वार्ता सफल पार्न काठमाडौँ जानुपर्यो भन्ने गिरिजाबाबुको सन्देश दिएँ। प्रचण्डले सार्वजनिक हुन चाहन्नँ भन्नुभयो। वार्ता बिथोलियो। पछि पोखरा लिन आउन भन्नुभयो।
मै गएर प्रचण्ड, पत्नी सीता र बाबुरामलाई हेलिकप्टरमा लिएर आएँ। एयरपोर्टबाट गृहमन्त्रीको गाडीमा कोच्चिएर बालुवाटार आइपुग्यौँ। २०६३ असार २ को त्यही दिन ८ बुँदे समझदारी भयो।

गिरिजाबाबुले प्रचण्डहरूलाई तपाईंले नै पुऱ्याइदिनु भनी अह्राउनुभयो। हेलिकप्टरबाट पश्चिमको जंगलमा छाडेर आए।
गिरिजाबाबु त्यही दिन भारत भ्रमणमा जाने कार्यक्रम भएकाले हेलिकप्टरबाट भुइँमा नओर्ली काठमाडौं फर्किएँ। गृहमन्त्रीलाई माओवादीले कब्जा लिन सक्छन् भन्ने डर थियो।
मलाई जाऊ भन्नुको अर्थ रहेछ। प्रचण्डलाई अत्यधिक सुरक्षा खतरा थियो। हेलिकप्टरमा आक्रमण हुन सक्थ्यो। हेलिकप्टर
दुर्घटनामै परे पनि ठूलो षडयन्त्र गरेको आरोप लाग्न सक्थ्यो। केही भवितव्य भए गृहमन्त्री पनि परे भने सरकारलाई सजिलो हुन्छ भन्ने गिरिजाबाबुको आकलन रहेछ।
आफ्नो विश्वासिलो मन्त्रीलाई पनि खरानी बनाएर षडयन्त्र गरेनन् भनी मानिसलाई विश्वास दिलाउन सजिलो हुन्छ भन्ने उहाँको सोच रहेछ।
प्रचण्डहरूलाई पुऱ्याउन गएको भनी मलाई माओवादीको सवारी मन्त्री भने। एमालेका रघु पन्तले संसदमा बोले नै।
संविधानसभाको निर्वाचन तयारीकै सिलसिलामा झापा पुगेको थिएँ। गिरिजाबाबुले तुरुन्त काठमाडौँ आउन भन्नुभयो। बालुवाटार पुगेँ।
मधेशवादी आन्दोलनलकारीलाई नमिलाई संविधानसभा सम्भव नभएको भन्दै गिरिजाबाबुले मलाई पहल गर्न भन्नुभयो।
उपेन्द्र यादव वीरगन्जमा थिए। नाइट भिजन हेलिकप्टर पठाएर उपेन्द्र यादवलाई ल्यायौँ। दुई दिन दुई रात वार्ता गरियो। उनीहरूको मूल माग एक मधेश एक प्रदेश हुनुपर्ने भन्ने थियो।
एक मधेश प्रदेश हुने सहमति भयो। एक मधेशको क्षेत्रफलजति सानो पनि हुन सक्थ्यो। सबै कुरा मिलेपछि प्रचण्ड, माधवजीहरूको उपस्थितिमा मधेशवादी दलहरूसँग सहमति भयो।
संविधानसभा निर्वाचन, गणतन्त्र स्थापना र शान्तिप्रक्रियालाई निष्कर्षमा पुऱ्याउन दलीय स्वार्थ तिलाञ्जली दिनुपर्छ भन्ने मान्यता थियो, उहाँको।
कांग्रेसको आधार मधेश हो। यो सम्झौताले कांग्रेसलाई घाटा पुग्छ भनेर गिरिजाबाबुले हामीसित भन्नुभएको छ। संविधानसभा निर्वाचन, गणतन्त्र स्थापना र शान्तिप्रक्रियालाई निष्कर्षमा पुऱ्याउन दलीय स्वार्थ तिलाञ्जली दिनुपर्छ भन्ने मान्यता थियो, उहाँको।
तराईका हाम्रा सबैभन्दा प्रभावशाली नेता महन्थ ठाकुर, विजयकुमार गच्छदार जस्ता नेताले छुट्टै पार्टी खोलेका थिए। हामीलाई निर्वाचनमा ठूलै धक्का लाग्छ तर स्वार्थी हुनुहुन्न भनेर गिरिजाबाबुले फराकिलो छाती गर्नुभएको थियो।
गणतन्त्र कार्यान्वयनको दिन नजिकिँदै थियो। नेपालमा कुनै न कुनै रूपको राजा चाहिन्छ भन्नेको सक्रियता बढिरहेको थियो। ज्ञानेन्द्रलाई सांस्कृतिक राजा बनाउनुपर्छ भन्ने पनि देखिए कांग्रेस एमालेभित्रै।
ज्ञानेन्द्र र पारसलाई कुनै पनि नामको राजा मान्न कोइराला तयार हुनुहुन्थेन। होलेरी काण्डपछि निर्वाचित प्रधानमन्त्रीलाई अपमान गर्ने राजालाई गद्दीच्युत गर्ने कसम त्यही दिन खानुभएको थियो।
नाति राजादेखि अन्य कुरा पनि आए। त्यसमा उहाँ केही हदसम्म सकारात्मक पनि हुनुहुन्थ्यो होला। तर यो प्रसंग धेरै दिन टिकेन।
प्रतिनिधिसभा घोषणाको बेला जस्तै सेना ‘मुभ’ हुन्छ भन्ने हल्ला आइरहेको थियो। गणतन्त्र कार्यान्वयनको सन्देश लिएर म नै राजालाई भेट्न गएँ।
पूर्वराजाले राजमुकुट सँगै लान खोजेका थिए। राणाहरूले राजमुकुट लगेको प्रसंग उनले सम्झाए। मैले मानिनँ।
मसँग केही उच्चपदस्थ कर्मचारी र ज्ञानेन्द्र पनि दरबारका कर्मचारीसँग थिए। उनले मसँग एक्लै कुरा गर्न खोजे।
असाध्यै नम्र शैलीमा प्रस्तुत ज्ञानेन्द्रले निवास, सुरक्षा र आमाहरूका विषयमा चासो देखाए। मैले प्रधानमन्त्रीको हवाला दिँदै सकारात्मक संकेत दिएँ। सरकारमा भएका माओवादी मन्त्रीहरूले किन सुविधा दिने भनी आपत्ति जनाए।
पूर्वराजाले राजमुकुट सँगै लान खोजेका थिए। राणाहरूले राजमुकुट लगेको प्रसंग उनले सम्झाए। मैले मानिनँ। मुलुकको इतिहास हो, नारायणहिटी संग्रहालयमा रहनुपर्छ भन्ने जिकिर गरेँ। राणाहरूको मुकुट अहिले कता हरायो? मुलुकको संग्रहालयमा जोगिएर रहनु राम्रो भएन र? भन्ने मेरो प्रस्ताव ज्ञानेन्द्रले स्विकारे। [कांग्रेस नेता सिटौलाको यो आलेख छापामा गिरिजाबाबु पुस्तकबाट साभार गरिएको हो।]

 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 