एएफसी च्यालेन्ज लिगमा पारो एफसीसँग भिड्दै चर्च ब्वाइज युनाइटेड

हिमाल प्रेस ७ असार २०८१ १६:२८
22
SHARES
एएफसी च्यालेन्ज लिगमा पारो एफसीसँग भिड्दै चर्च ब्वाइज युनाइटेड

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले आगामी अगस्टमा पश्चिम क्षेत्रबाट हुने एएफसी च्यालेन्ज लिग – एसियाको तेस्रो स्तरको महादेशीय फुटबल प्रतियोगिताको प्लेअफमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा भएको छ।

पश्चिम क्षेत्रको दोस्रो प्लेअफमा कीर्गिस्तानका अब्दिश-अता कान्टले अफगान लिग च्याम्पियन एट्याक इनर्जीसँग खेल्नेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार चर्च ब्वाईजले अगस्ट १३ मा पारो एफसीसँग एउटा खेल काठमाडौँमा खेल्नेछ। यसमा जित निकाल्ने टोलीले अर्को चरणको खेल अक्टोबर २६ र नोभेम्बर २ मा खेल्नेछ।

प्लेअफका विजेताले तयारीका लागि एक लाख अमेरिकी डलर पाउनेछन्। समूह चरणमा १८ क्लबले खेल्नेछन्।पश्चिमका चार–चार टोलीको तीन समूह रहनेछन् भने पूर्व क्षेत्रमा तीन–तीन टोलीको दुई–दुई समूहमा।

पश्चिम क्षेत्रबाट कुवेत, तुर्कमेनिस्तान, लेबनान, सिरिया, बंगलादेश, ओमान, माल्दिभ्स र प्यालेस्टाइनका क्लबहरू यसअघि नै सीधै समूह चरणमा प्रवेश गरिसकेका छन्। किर्गिस्तान, नेपाल, भुटान र अफगानिस्तानमध्ये दुई टोली प्लेअफबाट समूह चरणका लागि छनोट हुनेछन्।

त्यसैगरी पूर्वी क्षेत्रको समूह चरणमा इन्डोनेसिया, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेई, लाओस र मंगोलियाका टोली छनोट भएका छन्।

समूह चरणको विभाजन अगस्ट २२ मा हुनेछ। प्रत्येक समूहका टोलीले एकपटक खेल्नेछन्। पश्चिमका तीन समूहका विजेता र उत्कृष्ट वरीयताका उपविजेता र पूर्वबाट प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन्।

क्वाटरफाइनल (होमएन्ड अवे) फर्म्याटमा जुन मार्च ५ देखि १३, २०२५ सम्म खेलाइनेछ। त्यसैगरी, सेमिफाइनल अप्रिल ९ देखि अप्रिल १६ सम्म हुनेछ। फाइनल १० मा हुने तालिका छ।

प्रकाशित: ७ असार २०८१ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =