काठमाडौँ- वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न काठमाडौँ छाडेर गाउँ जानेको लर्को छ। कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक एवम् अन्य पूर्वी पहाडी तथा तराईको जिल्ला तर्फ जानेहरुको संख्या बाक्लो देखिन्छ।
व्यक्तिगत रूपमा मात्र हैन विभिन्न दल संबद्ध संगठनहरुले सवारीसाधनको व्यवस्था गरेर नै आफ्ना मतदातालाई गाउँ सम्म लागिरहेकाछन्। मतदान गर्ने दिन संघार मै आइपुग्दा कोटेश्वर, जडिबुटी, लोकन्थली एवम् कौशलटारमा आज बिहान देखिएको गाउँ जानेहरुको भीड
प्रकाशित: 2022-05-11 13:48:50