काठमाडौँ- वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। देशभरका जिल्ला निर्वाचन कार्यालयलाई निर्वाचन आयोगले आवश्यक तयारीको लागि निर्देशनसहित सामग्री पनि उपलब्ध गराइसकेको छ। जिल्ला निर्वाचन कार्यालयले पनि सम्बन्धित मतदान स्थल र केन्द्रमा आवश्यक सामग्री प्रदान गरिरहेको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँले पनि काठमाडौँका मतदान स्थल र मतदान केन्द्रमा आवश्यक सामग्री मतदान अधिकृतहरूलाई वितरण गरेको छ। आज(मंगलबार) निर्वाचन कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बबरमहलबाट निर्वाचन अधिकृतहरुलाई सामग्रीहरु प्रदान गरेको हो।
सबै तस्बिरहरू : दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: 2022-05-10 19:32:18