काठमाडौँ- पश्चिम सेती जलविद्युत आयोजना नबनेपछि दबाब दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई एक लाख पत्र बुझाउने तयारी गरिएको छ। आश्वासन दिएको २८ वर्षसम्म पनि काम सुरु नभएपछि 'बोलन्याथली' नामको दबाब समूह बनाएर प्रभावित क्षेत्रका बासिन्दाले खबरदारी गरेका हुन्।
७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई बुझाउन ल्याएका १ लाख पत्र तयार पारिएको छ। उक्त समूहले माइतीघर मण्डलामा पश्चिमसेती निर्माणका लागि दबाब स्वरुप लागि डोको प्रदर्शन गरेको छ।
प्रकाशित: 2022-03-28 23:57:22