काठमाडौँ- कोभिडका कारण केही समयदेखि अवरुद्ध अमेरिकी दूतावासका कार्यक्रमहरू कोभिड संक्रमणको प्रभाव कम भएसँगै सुरु भएका छन्। अमेरिकी दूतावास युवा परिषद् २०२२ को अभिमुखीकरण कार्यक्रम आज(बिहीबार)बाट सुरु भएको छ। यसअघि कतिपय कार्यक्रमहरू भर्चुअल माध्यमबाट भएका थिए।
त्यस्तै दूतावासको सहयोगमा अमेरिका तथा नेपालमा हुने कार्यक्रमहरू दुई वर्षदेखि बन्द थिए। आजको कार्यक्रममा कार्यवाहक राजदूत म्यानुएल मिकल्लेरले नयाँ समूहको ५५ परिषद् सदस्यहरूलाई स्वागत गर्दै आफ्नो सबै कार्यक्रमहरू पूवर्वत् अवस्थामा सुरु भएको जानकारी गराए।आजदेखि सुरु भएको तीन दिने अभिमुखीकरण कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख र विज्ञहरूको सत्रहरू रहने छ।
यसका साथै अमेरिकाले छोटो अवधिका फेलोसिपका कार्यक्रमका लागि आवेदनहरू खुला गरिसकेको छ। त्यस्तै दूतावासबाट उपलब्ध गराउने भिसा पनि क्रमसँगै खुलाउन थालेको छ।