काठमाडौँ- चलचित्र अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गरेकी छन्। राजधानीको माइतीघरस्थित कार्की ब्यांकेटमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गर्दा उपस्थित कार्यकर्तामा भिन्नै उत्साह देखिन्थ्यो।
करिष्माले सम्बोधनका क्रममा हात उठाएर अभिवादन गरेपछि हलमा गडगडाहट तालीले गुञ्जायमान भएको थियो। उनले आफू एमाले प्रवेश गर्नुको पहिलो कारण अध्यक्ष ओलीको व्यक्तित्व रहेको भन्दै उनको प्रशंसा गरेकी थिइन्। यस्तै एमालेले देशको समृद्धिको सही मुद्दा बोकेको उनको ठहर छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी अभिनेत्री करिष्मा केही समय राजनीतिबाट निष्कृय थिइन्।
प्रकाशित: 2022-03-22 20:23:43