काठमाडौँ- नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ।
तिहारलाई लक्षित गरी विभागले सुन र चाँदीका असर्फी बिक्रीका लागि खुला गरेसँगै विभागमा भीड बढेको हो।
टक्सार विभागले हरेक तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ। तिहारमा धनतेरस पूजामा सुन र चाँदीका सिक्का प्रयोग गर्ने गरिन्छ।
प्रकाशित: 2022-10-20 18:37:43