काठमाडौँ- काठमाडौँको सुन्दरीजलदेखि रसुवाको गोसाईंकुण्डसम्मको पदयात्रा काठमाडौँ नजिकैको रमणीय तथा साहसिक पदयात्रामा गनिन्छ।
सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा पर्ने हिमाली सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिने पदयात्रा मूलखर्क, थकुने भञ्ज्याङ, पाटी भञ्ज्याङ हुँदै अगाडि बढ्छ। त्यसपछि मागेनगोठसम्मको यात्रा अझै रोमाञ्चक हुन्छ।
यस क्रममा जोगिनडाँडा, गोल्फु भञ्ज्याङ र कुटुमसाङबाट देखिने अपरिमित तरेली परेको फाँट, अझै माथि शिरफूलजस्तै दोर्जे लाक्पा हिमाल र आमा यांग्री हिमालले जोकोहीको मन लोभ्याउँछ।
प्रकाशित: 2022-10-19 16:52:48