सुनसरी- सुनसरीको बराहक्षेत्र १ चतराबाट पदयात्राका लागि स्ट्रबेरी फार्मसम्म पुग्नेहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। बराहक्षेत्रबाट सप्तकोसी नदीलाई आँखाको फाँटभरी नियाल्नका लागि पनि स्थानीय पर्यटकहरूका लागि यो उत्तम पर्यटकीय गन्तव्य हाे।
यात्राकाे क्रममा चतराबाट उकालाे लागेपछि छिन्नमस्ता मन्दिर हुँदै हिन्दुपति राजाको दरबारको भग्नावशेष देखिन्छ। साथै केहीबेरको यात्रापछि १८ फुट मोटाइमा रहेको लिचीको रूख देख्न सकिन्छ। जुन रूखलाई एशियाकै सबैभन्दा ठूलो दाबी गरिदैँ आएको स्थानीय निवासी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई बताउँछन्।
उनका अनुसार यो ठाउँको यात्रा गर्न चाहनेहरूलाई लालकोट गढी र भवानीथान मन्दिर, सूर्यकुण्ड हुँदै स्ट्रबेरी फार्म पुगेर स्थानीय अर्गानिक खाना खान सकिन्छ। साथै, पाण्डव कौरबले कौडा खेल्ने ठाउँ हुँदै कटहरे र पंखवती मन्दिर हुँदै बगुवासम्म आइपुगेर चतरा आउन सकिने स्थानीय निवासी तथा पत्रकार नवराज विष्ट सुनाउँछन्।
१८ किलोमिटर पदयात्रामा क्रममा लिइएका तस्वीरहरू