काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
राष्ट्रिय सभागृहमा बुधबार आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा प्रवेश गराएका हुन्। मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ।
एकता घोषणापत्रमा अध्यक्ष लिङ्देन र मिश्रले हस्ताक्षर गरेका थिए। घोषणापत्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्रको बृहत्तर ध्रवीकरण पक्षधरबीचको एकता नाम दिइएको छ।
संवैधानिक राजसंस्थाको पुनर्स्थापना, संघीयता तथा धर्म निरपेक्षताको खारेजीका लागि राष्ट्रवादी शक्तिको खाँचो रहेकाले दुई पक्षबीच एकीकरण गरिएको उल्लेख छ।
प्रकाशित: 2022-09-28 21:52:08