काठमाडौँ- काठमाडौँको मीन भवनमा अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएको छ। संसद्बाट पास भएर आएको नागरिकता विधेयक पास नगरी संविधानकै धज्जी उडाएको भन्दै क्रान्तिकारीनिकट विद्यार्थीहरूले भण्डारीको पुतला जलाएका हुन्। उनीहरूले संवैधानिक सर्वोच्चता कायम गरलगायत लेखेको प्लेकार्ड पनि बोकेका थिए।
नेपाल कमर्स क्याम्पसका विद्यार्थीले पुतला जलाउनेक्रममा नेपाल प्रहरीसँग खोसाखोससमेत भएको छ। राष्ट्रपतिले दोस्रोपटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेकी हुन्। गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो। उता एमालेनिकट युवा संघले भने राष्ट्रपतिको समर्थनमा र्याली निकालेको छ।
प्रकाशित: 2022-09-21 21:38:24