काठमाडौँ- संविधान दिवस आज (सोमबार) टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ। संविधान दिवस मूल समारोह समितिले दिवसका अवसरमा विशेष समारोहको आयोजना गरेको थियो।
समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले परेड गरेका थिए। विगतमा झैँ विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी भने यस वर्ष प्रदर्शन गरिएन।
प्रकाशित: 2022-09-19 16:07:40