काठमाडौँ- प्रतिनिसभा र राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आयोगमा धमाधम दल दर्ताको क्रम जारी छ।आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म समय दिएर दल दर्ता आह्वान गरेको थियो। आयोगले तोकेको समयअनुसार मंगलबार दल दर्ताका लागि अन्तिम दिन हो। त्यसैले आयोगमा दल दर्ताका लागि भीड लागेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीलगायत दलले आज दल दर्ता गर्दै छन्।
प्रकाशित: 2022-08-16 21:32:56