सल्लाघारी- भक्तपुरको सल्लाघारीमा आइतबार दिउँसो सल्लाको रुख ढलेर बस र स्कुटरलाई किच्दा त्यसमा सवार तीनजनाकाे मृत्यु भएकाे छ।
काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेकाे बा. २ ख ३५८४ नम्बरको बस र बा. ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले किच्दा तीनजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
शनिबार (हिजो) पनि साेही स्थानमा रुख ढले पनि त्यसले मानवीय क्षति पुर्याएकाे थिएन । सुरक्षा निकायले साे रुखलाई काटेर हटाएर यातायात सञ्चालन गरेकाे थियाे । आइतबार दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका छन्।
सडकमा ढलेका ती रुखालाई सुरक्षा निकायले हटाउने प्रयास गरिरहेकाे छ। रुख ढल्दा बिजुलीकाे पाेल र तारमा पनि क्षति पुगेपछि हाल साे क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ।
सबै तस्बिरहरू- दिपेश श्रेष्ठ / हिमाल प्रेस