काठमाडौँ- पार्टी नेतृत्वले विधान विपरीत काम गरेको र भ्रातृ संस्थालाई पूर्णता नदिएको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला समूह आन्दोलित बनेको छ।
पार्टी सभामुख शेरबहादुर देउवाले ‘कांग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व’खोज्दै शेखर समूहले आज पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको हो। प्रदर्शनमा युवा जमानको सहभागिता थियो।
उनीहरू ‘भ्रातृ संस्था, कांग्रेसलाई चाहिन्छ कि चाहिन?’, ‘विधानलाई मान्ने कि व्यक्तिलाई?’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रकाशित: 2022-07-11 19:32:05