काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँको हनुमानस्थान अनामनगरमा विरोध प्रदर्शन गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट आउने अघिल्लो दिन अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भनिएको विषयलाई लिएर अर्थमन्त्री विवादित छन्।
बजेट आउने अघिल्लो दिन जेठ १४ गते रातिको मन्त्रालयभित्रको सीसीटिभी फुटेज पनि डिलिट भइसकेको अर्थमन्त्रालयको जानकारी आएसँगै शर्मा झनै विवादित बनेका छन्। संसद्, सत्तारुढ गठबन्धन, पार्टीभित्रै र बाहिर पनि अर्थमन्त्रीमाथि छानबिनको माग गरिएको छ। युवासंघले प्रदर्शनको क्रममा अर्थमन्त्रीको विभिन्न आपत्तिजनक स्केचसमेत बनाएको छ।
प्रकाशित: 2022-07-05 22:28:20