राजेन्द्र लिङ्देनले भने : चुनावलगत्तै अध्यक्षबाट राजीनामा दिन लागेको थिएँ

हिमाल प्रेस ४ पुष २०७९ १३:५३ | Monday, December 19, 2022
राजेन्द्र लिङ्देनले भने : चुनावलगत्तै अध्यक्षबाट राजीनामा दिन लागेको थिएँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने बितिकै आफूले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको खुलासा गरेका छन्।

पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई बधाई दिन सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेकाले राजीनामा दिन खोेजेको बताएका हुन्।

‘निर्वाचन परिणाम आउने बित्तिकै आफूले राजीनामा दिन खोजे पनि पार्टीभित्र छलफल गर्दा केही समस्या आउने देखेर पछि हटेको हुँ,’ उनले भने।

उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफूले लिने उल्लेख गरे। लिङ्देनले अहिलेको मतपरिणामको मूल्यांकन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरू स्थापित गर्ने बताए।

उनले आफूहरू मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिँड्ने पनि बताए। सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ।

प्रकाशित: ४ पुष २०७९ १३:५३ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast