एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिर : रासस
काठमाडौँ– नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा, विष्णु रिमाललगायतका नेता सहभागी भएका हुन्।
सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ। यसको जवाफ यथा समयमा यथोचित ढंगले दिइनेछ।’
प्रकाशित: ११ कार्तिक २०८० १४:४७ | Saturday, October 28, 2023
प्रतिक्रिया





