वसन्तपुरस्थित दसैँघरमा भित्र्याइयो फूलपाती [तस्बिरहरू]

दिपेश श्रेष्ठ ४ कार्तिक २०८० १८:०१ | Saturday, October 21, 2023
वसन्तपुरस्थित दसैँघरमा भित्र्याइयो फूलपाती [तस्बिरहरू]

काठमाडौँ- गोरखाबाट ल्याइएको फूलपाती वसन्तपुरस्थित दसैँघरमा भित्र्याइएको छ। बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन शनिबार दसैँघरमा वैदिक विधिपूर्वक फूलपाती भित्र्याइएको हो।

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको थियो। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन छ।

गोरखा दरबारको दसैँघरबाट सतिपीपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन छ।

   

 

प्रकाशित: ४ कार्तिक २०८० १८:०१ | Saturday, October 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast