टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]

हिमाल प्रेस ४ कार्तिक २०८० १८:३४ | Saturday, October 21, 2023
टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू] फाइल तस्बिर

काठमाडौँ- बडादसैँको सातौँ दिन शनिबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा  अपराह्न फूलपाती बढाइँ समारोह गरिएको हो।

फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो।  नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो।
बडादसैँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका बढाइँ गर्दै नेपाली सेनाको टोली। तस्बिरहरू : प्रदीपराज वन्त/रासस

प्रकाशित: ४ कार्तिक २०८० १८:३४ | Saturday, October 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast