नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

हिमाल प्रेस ३० असोज २०८० २०:५५ | Tuesday, October 17, 2023
नेपाल विश्वकप छनोटको दोस्रो चरणमा
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
लाओसको वियनतियानेस्थित राष्ट्रिय रंगशालामा मंगलबार साँझ सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो।
नेपालको जितमा मनीष डाँगीले निर्णायक गोल गरे। उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नेपालका लागि निर्णायक साबित भयो। मनीषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए। नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: ३० असोज २०८० २०:५५ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast