
काठमाडौँ– अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपाली र उनीहरूको परिवारका सदस्यहरूलाई निःशुल्क पोस्ट ट्रमाटिक स्ट्रेस डिसअडर (पीटीएसडी) उपचार सेवा दिने भएको छ।
ललितपुरको नख्खु दोबाटो, बागडोल–४, खरिबोटमा रहेको अस्पतालले एक महिनाका लागि यो सेवा नि:शुल्क गर्ने जानकारी दिएको हो।
अस्पतालका संस्थापक समेत रहेका डाक्टर स्कन्द डाँगीका अनुसार यस अस्पतालले प्राकृतिक चिकित्सा, योग थेरापी, भोजन चिकित्सा, फिजियोथेरापी, उपवास चिकित्सा, जडबुटी, अकुपन्चर, हाइड्रोथेरापी, मसाज थेरापीलगायतको हानीरहित उपचार गरिरेहको जानकारी दिए।
इजरायलबाट फर्केका नेपालीमा डर, त्रास, चिन्ता, मानसिक समस्या, मुटुको कम्पन, चाल बढ्ने, अनिद्रा, झस्कने लगायत विभिन्न खालका मानसिक समस्या देखिएको डा. डाँगीको भनाइ छ।
इजरायल र हमासबीचको युद्धमा परी केही दिन पहिला १० नेपाली नागरिकको मृत्यु भएको थियो। युद्धग्रस्त देश इजरायलबट हालसम्म दुई सय ५३ जना नेपाली स्वदेश फर्काइएको छ।
युद्धग्रस्त देश इजरायलबाट फर्किएका नेपालीहरूले ललितपुर नख्खु दोबाटो, बागडोल–४, खरिबोटमा रहेको अस्पतालमा ०१५१९११७१ र ९८६९४९७६३६ सम्पर्क गर्न सक्नेछन्।