जापानद्वारा हिमालय आँखा अस्पताल पोखरालाई उपकरण सहयोग

हिमाल प्रेस २४ असोज २०८० १५:२१ | Wednesday, October 11, 2023
जापानद्वारा हिमालय आँखा अस्पताल पोखरालाई उपकरण सहयोग

काठमाडौँ- जापान सरकारले पोखरास्थित हिमालय आँखा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै राजदूत युताकाले भने, ‘स्वास्थ्य उपकरण खरिददेखि हस्तान्तरणसम्म सघाउने सबैलाई धन्यवाद दिन्छु। यी उपकरणले कास्की, आसपासका जिल्लाका साथै समग्र मुलुकका बिरामीको उपचारमा सघाउने मेरो विश्वास छ। जापान सरकार यस्तो सहयोग गर्न पाउँदा खुसी भएको छ।’

अमेरिकी डलर ६० हजार (करिब ७६ लाख) रुपैयाँ बराबरका स्वास्थ्य उपकरण अस्पताललाई सहयो गरेको जापान सरकारले जनाएको छ। उक्त स्वास्थ्य उपकरण आँखाको परीक्षण, उपचार तथा शल्यक्रियामा प्रयोग हुनेछन्।

प्रकाशित: २४ असोज २०८० १५:२१ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast