बसपार्कमा अग्रिम टिकट लिनेको खचाखच [तस्बिरहरू]

दिपेश श्रेष्ठ २२ असोज २०८० १५:४७ | Monday, October 9, 2023
बसपार्कमा अग्रिम टिकट लिनेको खचाखच [तस्बिरहरू]

काठमाडौँ- सरकारले दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर सोमबार अग्रिम टिकट बुकिङ खुला गरेको छ।  देशका विभिन्न क्षेत्रबाट राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो।

घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ। नयाँ बसपार्कमा गत वर्षका तुलनामा यात्रुको भीडभाडसमेत बढेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन्। हरेक वर्ष दसैँ मनाउन २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगका लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: २२ असोज २०८० १५:४७ | Monday, October 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast