फिफा विश्वकपमा तेस्रो बन्यो क्रोएसिया

हिमाल प्रेस ३ पुष २०७९ ६:४४ | Sunday, December 18, 2022
फिफा विश्वकपमा तेस्रो बन्यो क्रोएसिया

काठमाडौँ- साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अफ्रिकी टिम मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो।

खेलको सातौं मिनेटमै अग्रता बनाएको क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरेका हुन्। जोस्कोले हेडरमार्फत् उत्कृष्ट गोल गर्दै टिमलाई अघि बढाएका हुन्। तर त्यो अग्रता २ मिनेट पनि टिकेन। विपक्षी टिमका तर्फबाट अक्रफ दारीले गोल गर्दै बराबरी खेले। उनले फ्रिकिकबाट आएको बल क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत् गोल गर्न सफल भएका हुन्।

४२ औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरेका थिए। दोस्रो हाफमा मोरक्कोले निकै आक्रामक खेल खेलेको थियो। यद्यपि उसका प्रयास गोलमा परिणत हुन सकेनन्।

विश्वकपको इतिहासमा अफ्रिकी टिम पहिलो पल्ट सेमिफाइनल प्रवेश गरेको इतिहास मोरक्कोले दर्ज भने गरिसकेको छ।

यस्तै आजै अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल हुँदैछ। कतारको लुसेल रंगशालामा हुने खेल नेपाली समयअनुसार आइतबार पौने ९ बजे हुनेछ।

प्रकाशित: ३ पुष २०७९ ६:४४ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast