‘तपाईंले तुरुन्त थाहा पाउनु हुनेछ स्टोक्सले गफ दिन्छ कि दिँदैन भनेर,’ यति भनेर बेन स्टोक्सले टेलिफोन राखे। स्टोक्स यो पंक्तिकारसँगको अन्तवार्ताका लागि तयार भएका छन्। जसमा हामी मुख्यगरी भारतमा हुन लागेको विश्वकपबारे चर्चा गर्नेर्छाैँ।
अन्तवार्ताअघि स्टोक्ससँग पेरुडो खेल्ने सल्लाह भएको छ। पेरुडो दक्षिण अमेरिकी खेल हो। एकप्रकारको डाइस। अहिले स्टोक्स मात्र होइन, इंग्ल्यान्डका अरु धेरै खेलाडी पनि यो खेल खेलेको खेलै गर्ने भएका छन्। झन् आन्ड्रिउ फ्लिन्टफ त पेरुडोमा सबैभन्दा बढी व्यस्त हुन्छन्।
‘न्युजिल्यान्डसँगको शृंखलाका बेला हामीले फ्रेडसँग यो खेल खुबै खेल्यौँ। एक जनाको कोठमा दिनको तीन घण्टा जति बस्ने र त्यही खेल्ने। यो खेल साँच्चै रमाइलो छ,’ स्टोक्स भन्छन्।
इंग्ल्यान्डको टेस्ट टिमका कप्तान रहेका स्टोक्स फ्लिन्टफको आगमनले माहोल फरक बनेको बताउँछन्। फ्लिन्टफ हाल इंग्सिस टिमको प्रशिक्षण टोलीका सदस्य छन्।
‘टिममा फ्लिन्टफ हुँदा सबैले रमाइलो मानेका छन्। गत वर्षको दुर्घटनाका कारण उनी निराश थिए। हामी पनि खिन्न भएका थियौँ। तर अब उनी हाम्रो ड्रेसिङ रुमको हिस्सा बनेका छन्। उनको आत्मबल दैनिक बढिरहेको छ,’ फ्लिन्टफ भन्छन्।
के पेरुडो खेलले क्रिकेटरको प्रदर्शन सुधार्छ? स्टोक्स सहमत छैनन्। सायद उनलाई अर्को खेलबाट केही सिक्नुछैन। किनभने उनीसँग भनेजति कौशल छ। विपक्षीको खेल अध्ययन गर्ने मामलामा उनी जत्तिका खेलाडी त कति नै छन् र? विपक्षीको हाउभाउ हेरेरै उनीहरुको रणनीति थाहा पाउँछन् उनी। ब्याटिङ क्षमताबारे त कुरै गर्नैपरेन, यसअघिको विश्वकप फाइनलमा देखेकै हो।
‘धेरै समय बितिसक्यो तर पनि म अझैँ सम्झिन्छु। सुपर ओभरमा जिम्मी निशामको छक्का, एक सय ओभरमा खेल टुंगो नलागेको, जे जे हुनुपर्ने सबैथोक भयो। त्यसपछिको अन्तिम बल, रन आउट, सबैजनमा मैदानभित्र छिरेको। हामी च्याम्पियन घोषित भएपछि म मैदानमा ढलेको थियो, मान्छेले सोचे खुसी भएर म ढले। तर खासमा म चिप्लिएको थिए,’ सन् २०१९ मा न्युजिल्यान्डसँगको फाइनलबारे सम्झना गर्छन् स्टोक्स।
लाग्छ स्टोक्स ठूला खेलमा चम्किन क्रिकेटर बनेका हुन्। गत वर्षको टि२० फाइनलमा पनि स्टोक्सकै प्रदर्शन निर्णायक साबित भयो। पाकिस्तानविरुद्ध सबैभन्दा धेरै रन बनाउने खेलाडी उनी नै थिए। त्यसैले स्टोक्सका पिताले भनेका छन्, ‘कसरी, किन थाहा छैन। तर बेन हरेक ठूला खेलमा राम्रो खेल्छ।’
यसपालिको विश्वकपका लागि पनि स्टोक्स तयार छन्। तर उनको बलिङ चाहिँ देख्न पाइने छैन। किनभने उनको घुँडाको समस्या सुल्झिएकको छैन। बलिङ गर्न नसके पनि स्टोक्सको महत्त्व घटेको छैन। कप्तान जोस बट्लर आज पनि विश्वस्त छन्, स्टोक्स इंग्ल्यान्डका लागि मुख्य खेलाडी हुन् भनेर।
‘सायद म पूर्णरुपमा मिडल अर्डर ब्याट्सम्यान हो। ओपनरहरुले खेल कस्तो हुँदैछ भन्ने सन्देश दिन्छन्। ओपनरहरुले मेहनत गरेका हुन्छन्, तर खेल जित्दा सबै श्रेय हामी लान्छौँ,’ स्टोक्स भन्छन्, ‘म चाहिँ खेल्दा स्कोरबोर्ड हेर्छु। युवा खेलाडी सोध्छन्, दबाबका बेला कसरी राम्रो खेल्ने? म उनीहरुलाई स्कोरबोर्ड हेर्दै, हिसाब गरेर खेल्न सुझाव दिन्छु,।’
स्टोक्स आफ्नो प्रदर्शनको श्रेय साथी बट्लरलाई दिन बिर्सदैनन्। इयोन मोगार्नले छाडेपछि कप्तानी लिएका बट्लरले आफ्नो भूमिकालाई न्याय गरेको ठान्छन्, स्टोक्स। ‘मोगार्नले संन्यास लिएपछि रिक्त स्थानमा बट्लरले आफूलाई स्थापित गरेका छन्। नेतृत्व गरिरहँदा उनको व्यक्तिगत प्रदर्शन खस्किएको छैन। उनी विकेटकिपर भएकाले बलरसँग बात मार्दै खेल अघि बढाउन सजिलो छैन। तर यो मामलामा उनलाई उपकप्तान मोइन अलीले सघाउने गरेका छन्,’ स्टोक्स भन्छन्।
विश्वकप सुरु हुनै लाग्दा स्टोक्स बलियो लयमा छन्। हालै न्युजिल्यान्डविरुद्ध १८२ रन बनाएका स्टोक्सले त्यसअघि आसेस शृंखलामा पनि नराम्रो खेलेका होइनन्। यदि इंग्ल्यान्डले विश्वकप उपाधि रक्षा गर्छ भने, त्यसमा स्टोक्सको भूमिका सम्झनलायकको रहनेछ। यो सजिलो अनुमान हो।
तर के इंग्ल्यान्डले अस्ट्रेलिया र वेस्ट इन्डिजले जस्तै लगातार विश्वकप जित्न सक्छ त? यसमा स्टोक्स सीधा जवाफ दिँदैनन्, ‘मलाई लाग्छ हामी साँच्चै बलियो टिम हौँ। यसो भन्दा म अहङ्कारी भएको होइन। हामीसँग ठूला खेल र शृंखलाको अनुभव छ। धेरै टिमसँग त्यस्तो अनुभव छैन। हो धेरै खेलाडी टि२० लिगहरुमा रमाएका छन्। जसकारण उनीहरु ५० ओभरमा केही फिक्का देखिन्छन्। फेरि विश्वकप लिग जस्तो सजिलो पनि हुँदैन।’
स्टोक्सले गत जुलाईमा ५० ओभर क्रिकेटबाट संन्यास लिएका थिए। तर लगभग एक वर्षपछि उनी फेरि यो ढाँचामा फर्किएका हुन्। उनले गरेको यो निर्णयको इंग्ल्यान्डमा तारिफ गरिएको छ। तर इंग्ल्यान्ड टेस्ट टिमका पूर्वकप्तान टिम पेनले भने स्टोक्सको आलोचना गरेका छन्। स्टोक्स नहुँदा खेलेका खेलाडी स्टोक्स फर्किदा टिमबाट बाहिर भएको र यो ठिक नभएको पेनको तर्क छ। यद्यपि स्टोक्स भने आफू स्वार्थी नभएको जिकिर गर्छन्।
केही अअस्ट्रेलियाली खेलाडीले इंग्लिस टिमको खिल्ली उडाएकोप्रति पनि स्टोक्सले प्रतिक्रिया दिएका छन्। गत जुलाईमा अस्टे«लिया र इंग्ल्यान्डबीचको शृंखला बराबरीमा सकिएको थियो। सुरुका दुई टेस्ट अस्ट्रेलियाले जितेको भए पनि अन्तिमका तीनमध्ये दुईमा इंग्ल्यान्ड विजयी भयो। चौथो टेस्ट भने बराबरीमा सकिएको थियो।
चौथो टेस्ट बराबरी भएपछि इंग्ल्यान्डका ह्यारी ब्रुकले आफूहरुले राम्रो खेले पनि वर्षका कारण बराबरी भएको र पाँचौँ तथा अन्तिम टेस्ट जिते आफूहरुको नैतिक जित हुने बताएका थिए। उनको त्यो अभिव्यक्तिलाई लिएर अस्ट्रेलियाका उस्मान ख्वाजा, मिचेल मार्स र पाट कमिन्सले खिल्ली उडाएका थिए।
‘किन खिल्ली उडाए, मलाई थाहा छैन। उनीहरुको तर्क म बुझ्दिनँ। तर टेस्ट बराबरी हाम्रो समस्या होइन। म्यानचेस्टरमा वर्षा भयो त हामीले के गर्न सक्थ्यौँ र? हामीले त्यो खेल जित्थ्यौँ नै भन्ने होइन। तर दुई टेस्ट हारेपछि हामीले जसरी पुनरागमन गर् यौँ, त्यो तारिफयोग्य थियो,’ इंग्ल्यान्डको टेस्ट कप्तान रहेका स्टोक्सले भने।
कप्तानका रुपमा आफूले टिममा रहेका आक्रामक खेलाडीको प्रतिभा उपयोग हुनेगरी रणनीति बनाउने गरेको बताउँछन्, स्टोक्स। ‘अब आउने कप्तानले के गर्छन्, थाहा छैन। उनीसँग फरक किसिमका खेलाडी हुनसक्छन्। तर आशा छ उनले भएका खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण सिर्जना गर्नेछन्,’ स्टोक्स आशा व्यक्त गर्छन्।
स्टोक्स आफ्नो रणनीतिलाई कायम राख्ने दाउमा छन्। उनको रणनीतिको परीक्षा आउँदो जनवरीमा हुनेछ, जतिबेला इंग्ल्यान्ड पाँच टेस्टको शृंखलामा भारतसँग भिड्नेछ। ‘भारतमा जित्न सजिलो छैन। सन् २०१२ यता हामी भारतीय भूमिमा सधैँ संघर्षरत छौँ। यद्यपि यसपालि परिस्थिि बेग्लै हुने आशा छ,’ स्टोक्स भन्छन्।
सन् २०२४ इंग्लिस क्रिकेटरहरुका लागि व्यस्त वर्ष हुनेछ। जनवरीको शृंखला सकिनसाथ इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनेछ। त्यसपछि टि२० विश्वकप, वेस्ट इन्डिज र पाकिस्तानविरुद्ध टेस्ट शृंखला, द हन्ड्रेड, पाकिस्तान र न्युजिल्यान्डको भ्रमण।
यस वर्षको आईपीएलमा स्टोक्सले जम्मा दुई खेल मात्र खेले। आउँदो वर्ष के गर्लान्? ‘अहिल्यै निर्णय लिइसकेको छैन। पहिले विश्वकप र भारतसँगको टेस्ट त खेलौँ,’ स्टोक्सको जवाफ थियो।
द गार्डियनबाट