साफ यू-१९ च्याम्पियनसिपमा नेपाल पराजित, फाइनलमा भारत र पाकिस्तान खेल्ने

हिमाल प्रेस १० असोज २०८० २०:१४
20
SHARES
साफ यू-१९ च्याम्पियनसिपमा नेपाल पराजित, फाइनलमा भारत र पाकिस्तान खेल्ने

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। पेनाल्टी सुटआउटमा ३-२ ले पराजित हुँदै घरेलु टोली नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको हो।

दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको हो। नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।

समूह चरणमा नेपालले १ जित र १ हारको नतिजा निकाल्दा भारतले दुवै खेल जितेको थियो। पाकिस्तानसँग १-० को पराजय बेहोरेको नेपालले माल्दिभ्सलाई ४-१ ले राएको थियो।

भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ ले हराएको थियो। भारतले शनिबार उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। पाकिस्तान बुधबार नै भुटालाई हराएर पहिलोपटक फाइनल पुगेको हो।

साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा पाकिस्तान

प्रकाशित: १० असोज २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =