‘परदेशी २’को गीत ‘परदेशी छुकछुके रेलैमा’

हिमाल प्रेस १० असोज २०८० १४:३० | Wednesday, September 27, 2023
‘परदेशी २’को गीत ‘परदेशी छुकछुके रेलैमा’

काठमाडौँ- फिल्म ‘परदेशी २’ को दोस्रो गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ। बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा फिल्मका निर्देशक नारायण रायमाझी, गायकगायिका तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ।

गीतमा शब्द र संगीत निर्देशक रायमाझी र प्रेमदेव गिरीको  छ। भिडियोमा  प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङलाई देख्न सकिन्छ। झ्याउरे लयमा रहेको गीतको कोरियोग्राफी रामजी लामिछाने र गोविन्द राईले गरेका छन्।

असोज २६ गते प्रदर्शन हुने फिल्ममा प्रकाश, केकी र प्रशान्तसहित दलिप रायमाझी, वर्ष शिवाकोटी, रमा थपलिया, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगाय कलाकारको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा रहेको फिल्म मान कृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्म निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल)ले निर्माण गरेका हुन्।

प्रकाशित: १० असोज २०८० १४:३० | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast