इन्द्रजात्रा

हनुमानढोकामा कुमारीपूजाको उत्सव [तस्बिरहरू]

दिपेश श्रेष्ठ १० असोज २०८० १२:५६ | Wednesday, September 27, 2023
हनुमानढोकामा कुमारीपूजाको उत्सव [तस्बिरहरू]

काठमाडौँ- इन्द्रजात्राका अवसरमा बुधबार हनुमानढोका दरबार क्षेत्रमा करिब ४ सय कन्याको पूजा गरिएको छ। इन्द्रजात्राको दोस्रो दिन कन्याहरूलाई कुमारीका रूपमा पूजा गरिएको हो।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गररेपछि इन्द्रजात्रा सुरु हुन्छ। जात्राको मुख्य दिन बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम छ।

यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगिनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी सहभागी हुनेछन्। चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख काठमाडौँ आइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। पाहुनालाई इन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको अवलोकन गराउने तयारी भइरहेको छ।

बिहीबार सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ।

प्रकाशित: १० असोज २०८० १२:५६ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast