रोकिएको बीपी साहित्य महोत्सव ३ गते पुन: हुने

हिमाल प्रेस १ असोज २०८० १३:१९ | Monday, September 18, 2023
रोकिएको बीपी साहित्य महोत्सव ३ गते पुन: हुने

काठमाडौँ- नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम असोज ३ गते गर्ने निर्णय गरेको छ। सोमबार पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै रोकिएको महोत्सवको कार्यक्रम ३ गते हुने जानकारी दिएका हुन्।

कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो।

तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा की नोट स्पिच, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो सेसन रहेका छन्।

प्रकाशित: १ असोज २०८० १३:१९ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast