नेपाल राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु

हिमाल प्रेस ३१ भदौ २०८० ११:२६ | Sunday, September 17, 2023
नेपाल राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु

काठमाडौँ- नेपाल राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको छ। दशैँलाई लक्षित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही लाभान्वित हुने गरी क्यूआर कोड सेवा सुरु गरिएको बैंकले जानकारी दिएको छ।

डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड राखिएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गरी शुक्रबारदेखि नै सुरु गरिएको हो।

सोबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन्। यसबाट सेवाग्राहीको काम छिटोछरितो हुने विश्वास लिइएको छ।

प्रकाशित: ३१ भदौ २०८० ११:२६ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast