बुवाको मुख हेर्ने दिनलाई आइएमई पेको अफर

हिमाल प्रेस २७ भदौ २०८० १९:२१
बुवाको मुख हेर्ने दिनलाई आइएमई पेको अफर

काठमाडौँ- डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले ’मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको हो।

उक्त अफर मंगलबारदेखि कार्यान्वयनमा आइसकेको र बिहीबारसम्म रहने कम्पनीको भनाइ छ।

अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ’बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्यासट्याग बाबारआमा पनि राखेर पोस्ट गर्नुपर्नेछ।

सो कमेन्टहरूमध्ये सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना विजेता छनौट गरी ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार प्रदान गरिनेछ।

प्रकाशित: २७ भदौ २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =