काठमाडौँ- चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष अन्जनीकुमार झाले पदभार ग्रहण गरेका छन्। मंगलबार दिउँसो आयोगको कार्यालय सानोठिमी पुगेर उनले जिम्मेवारी सम्हालेका हुन्। मंगलबार नै डा. झालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नियुक्तिपत्र प्रदान गरेका थिए।
यसअघिका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको चारवर्षे कार्यकाल यही भदौ २५ गते सकिएको थियो। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।
प्रकाशित: २६ भदौ २०८० १६:३६ | Tuesday, September 12, 2023
प्रतिक्रिया





