कञ्चनपुरमा बढ्दै डेंगी संक्रमण

हिमाल प्रेस २६ भदौ २०८० १५:५२ | Tuesday, September 12, 2023
कञ्चनपुरमा बढ्दै डेंगी संक्रमण

बेदकोट- कञ्चनपुरमा केही सातायता डेंगी रोगको संक्रमण बढेको छ। स्वास्थ्य कार्यालयका अनुसार २ महिनामा एक सय १८ जना डेंगी रोगका संक्रमित भेटिएका छन्।

यहाँ डेंगीको संक्रमणबाट केही साताअघि १ जनाको मृत्यु पनि भएको थियो। बेलौरी नगरपालिकाका-२८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जिल्लाको सबैतिर संक्रमण देखिएको बताए। केही सातायता परीक्षण गर्दा डेंगी संक्रमण बढिरहेको पाइएको उनले बताए।

उनका अनुसार सबैभन्दा बढी डेंगी रोगका संक्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन्। भीमदत्तका ८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा ७, पुनर्वासमा ५, बेलडाँडीमा २, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन्। ‘ज्वरो, डेंगी, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रूपले बढी छ,’ उनले भने, ‘बर्खामा पानी जम्ने र डेंगी सार्ने लार्भा उत्पादन भएर रोग सार्छ।’

प्रकाशित: २६ भदौ २०८० १५:५२ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast