
काठमाडौँ- वात्सल्य क्लिनिक ७औँ वर्षमा प्रवेश गरेको छ। आईभीएफ प्रविधिमार्फत दम्पतीलाई सन्तान प्राप्तिमा सघाउने भूमिका खेल्दै आएको क्लिनिक बुधबारदेखि ७औँ वर्षमा प्रवेश गरेको हो।
हालसम्म ३ हजारभन्दा बढी दम्पतीलाई आईभीएफ प्रविधिमार्फत सन्तान प्राप्तिमा सघाउ पुर्याइसकेको दाबी क्लिनिकले गरेको छ।
‘हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्म आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजारभन्दा अधिक दम्पतीले सन्तान लाभ (३००० प्लस आईभीएफ, १८०० प्लस आईयूआई, २२०० प्लस नेचुरल प्रेग्नेन्सी) गरिसकेको छ’ क्लिनिकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
क्लिनिकमा नेपालबाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलियालगायत मुलुकबाट पनि सेवाग्राही आउने गरेका क्लिनिकको भनाइ छ।
प्रकाशित: २० भदौ २०८० १६:५८
प्रतिक्रिया