
काठमाडौँ- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि परिषद्ले आवेदन माग गरेको हो ।
विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि चाहिने आवश्यक जनशक्ति खुला प्रतियोगिताद्वारा करार सेवामा लिन लागिएको परिषद्ले जनाएको छ ।
अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुईरदुई जना माग गरिएको छ । स्टोर सहायक एकजनाका लागि दरखास्त आह्वान गरिएको छ ।
सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
प्रकाशित: २० भदौ २०८० ९:४०
प्रतिक्रिया