हेलो सरकारमा इन्टर्नमा विद्यार्थी लिँदै सरकार

हिमाल प्रेस १७ भदौ २०८० १४:५१
12
SHARES
हेलो सरकारमा इन्टर्नमा विद्यार्थी लिँदै सरकार

काठमाडौँ– सरकारले जनताका गुनासो सुन्ने प्रयोजनका लागि सुरु गरेको हेलो सरकारमा विद्यार्थीलाई पनि सहभागी गराउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार हेलो सरकारको विस्तारित सेवा आरम्भ गर्दै यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘विश्वविद्यालयहरूसँग सम्झौता गरी इन्टर्नमा आवश्यक मात्रामा विद्यार्थी लिनसक्ने व्यवस्था समेत गरिएको छ।’

हेलो सरकार कक्ष व्यवस्थित गरिएको र पुरानो निर्देशिका संशोधन गरिएको जानकारी प्रधानमन्त्रीले दिए। उनले भने, ‘सञ्चारका विभिन्न माध्यमबाट २४ सै घण्टा आम नागरिकले गुनासो, जिज्ञासा वा सुझाव दिन सकिने व्यवस्था गरिएको छ।’

हेलो सरकार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रत्येक सिफ्टमा उपसचिवहरूको नेतृत्वमा ३ सिफ्ट सञ्चालन हुने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताए। यस्तै नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको प्रधानन्त्रीको भनाइ छ।

उनले भने, ‘हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ।’ यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीका रूपमा विकास गर्नुपर्नेमा प्रधानन्त्रीले जोड दिए। साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृत्रिम बौद्धिकतासँग आबद्धता गर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने ‘क्राउडसोर्स गभर्नेन्स’ का रूपमा विकास गर्न अपरिहार्य रहेको उनको भनाइ छ।

प्रकाशित: १७ भदौ २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast